सामाजिक सञ्जालबाटै उपचार गर्न थालेपछि चिकित्सकका लागि आचारसंहिता जारी

सामाजिक सञ्जालबाटै उपचार गर्न थालेपछि चिकित्सकका लागि आचारसंहिता जारी
+
-
देशसञ्चार AI सारांश
  • नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा आठ बुँदे आचारसंहिता पालना गर्नुपर्ने निर्देशिका जारी गरेको छ।
  • चिकित्सकहरूले अनधिकृत उपाधि प्रयोग गरेर आफूलाई प्रचार गर्न नपाइने, तर आधिकारिक उपाधि र तथ्यात्मक जानकारी मात्र सार्वजनिक गर्नुपर्नेछ।
  • बिरामीका सूचना सार्वजनिक गर्दा अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने र तथ्यपरक आलोचनामा सम्मानजनक शब्द प्रयोग गर्नुपर्ने नियम बनाइएको छ।

काठमाडौँ- पछिल्लो समय चिकित्सकहरूले सामाजिक सञ्जालबाटै उपचार र रोगका बारेमा जानकारी दिने क्रम बढेपछि नेपाल मेडिकल काउन्सिलले आचारसंहिता जारी गरेको छ।

पेशामा लामो विशेषज्ञता हासिल गरेका देखि भर्खरै लागेकाले समेत आफू स्थापित हुनका लागि सामाजिक सञ्जालको प्रयोगलाई व्यापक बनाइ रहेका छन्।

काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आठ बुँदे आचारसंहिता जारी गरेको हो ।

जारी भएको आचारसंहितामा चिकित्सकले आफूले नेपाल मेडिकल काउन्सिलामा दर्ता रहेका बाहेकका उपाधि प्रयोग गर्न रोक लगाएको छ। औपचारिक रुपमा प्राप्त उपाधि वा विशेषज्ञताभन्दा बाहिर गएर आफ्नो नाम प्रचारमा ल्याउन नपाइने भएको छ।

सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यममा लेख्दा तथ्यपरक सान्दर्भिक विषयवस्तु मात्र राख्नुपर्नेछ। उपचारजन्य कुनै जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्रै उल्लेख गर्न पाइनेछ। वैज्ञानिक रुपमा स्थापित नभएको आफूखुशी तय गरिएको विधिलाई प्रचारमा ल्याउन नपाइने भएको छ।

कुनै पनि बिरामीलाई लागेको रोगका बारेमा जानकारी दिनुपर्ने, उससँग सम्बन्धित विषयलाई उल्लेख गर्ने हो भने अनिवार्य रुपमा स्वीकृति लिनुपर्नेछ।

आफूले व्यक्त गरेका कुरालाई अनिवार्य रूपमा लिखित अभिलेख राख्नु पर्नेछ, कुनै पनि रोगको निदान तथा उपचार असहज हुने देखिएमा अनिवार्य रूपमा बिरामीलाई भौतिक चेकजाँच गरेर मात्र उपचारजन्य सुझाव तथा सल्लाह दिनु पर्नेछ।

त्यस्तै अन्य व्यक्ति तथा संस्थाका धारणाहरूको आलोचना गर्दा तथ्यपरक ज्ञान तथा जानकारी आवश्यक पर्नेछ। आलोचनात्मक अभिव्यक्तिमा समेत अपमानजनका शब्द प्रयोग गर्न पाइने छैन।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…