- सीमा विवादका कारण बाजुराको हिमाली गाउँपालिकामा स्थानीय युवाले गरेको १९ घण्टे बन्दले यातायात अवरुद्ध गरेको छ।
- धुलाचौरमा ८० भन्दा बढी यातायातका साधन रोकिंदै ९० जना यात्रु समस्यामा परेका बताइएको छ।
- बीच सडकमा ढुंगा राखेर बन्द गरिए पनि सडक खुलाउने प्रयास नभएको यात्रुहरू बताउँछन्।
हुम्ला – सीमा विवादलाई लिएर बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र स्थानीय युवाक्लवले १९ घण्टादेखि गरेको बन्द रहेको छ। धुलाचौरमा बुधबार राति दश बजेबाट बन्द गरिएको कारण हुम्लाबाट गएका र आउने यातायातका साधन र यात्रु समस्यामा परेका छन्।
बुधबार रातिबाट भएको बाजुरा र हुम्ला जिल्लाको सीमा विवादलाई लिएर बाजुरा पक्षबाट गरिएको धुलाचौर बन्दको कारण सुर्खेत नेपालगञ्जबाट आउने र हुम्लाबाट जाने यात्रु अलपत्र परेको यात्रु जनक सार्कीले बताए। दुवैतर्फ गरी बस, ट्रक, बोलेरो जिप, ट्र्याक्टर, मोटरसाईलक लगाएतका असी भन्दा बढी यातायातका साधन धुलाचौरमा रोकिएका छन्।
हुम्ला आउने र हुम्लाबाट जाने नब्बे जना यात्रु धुलाचौरमा समस्यामा परेका हुन्। धुलाचौरको बीच सडकमा बन्दका आयोजकले ढुङ्गा राखेर सडक अवरुद्ध पारिएको छ। हालसम्म बन्द गरिएको सडक खुलाउने प्रयास नगरिएकाले सडक खुलाउनेतर्फ लाग्न यात्रुले आग्रह गरेका छन्।
सडक बन्द भएपनि प्रहरी रमिते भएर धुलाचौरमा वसकेो छ । दुई जिल्लाको सिमाना लाम्पाटा, च्याचौर सीमा विवादलाई लिएर दुई जिल्लाका स्थानीयविच बिबाद भएपछि जेठ ५ गते लाम्पाटामा दुई पक्षबीच झडप भएको थियो। त्यसपछि दुवै पक्षको विवाद चुलिँदै गएको छ। सो झडपमा बाजुराका चार जना घाइते भएका छन्।
भर्खरै
लोकप्रिय
