- चंखेली गाउँपालिका-२ का १८ वर्षीय मुटुरोगी उदियमान धितालले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन्।
- आर्थिक अवस्था कमजोर भएकाले दीर्घरोगी धितालले आजीवन औषधि सेवन गर्नुपर्दा सबैसँग आर्थिक सहयोग माग गरेका छन्।
- उपचारका क्रममा १३ लाख रुपैयाँ खर्च भइसकेपछि काठमाडौंको कीर्तिपुरमा रहेका धितालले थप सहयोगका लागि अनुरोध गरेका छन्।
हुम्ला – चंखेली गाउँपालिका– २ को भट्टेवाडाका १८ वर्षीय मुटुरोगी उदियमान धितालले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन्। उनले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि याचना गरेका हुन्।
कक्षा १२ मा अध्ययनरत रहेकै बेला १८ वर्षीय धिताललाई मुटुको दुई वटा भल्बले काम गर्न छाडेको र जेनतेन त्यसको उपचार भए पनि अब दीर्घरोगी भएकाले आजीवन औषधि सेवन गर्नुपर्ने भएको छ। यसका लागि आर्थिक अवस्था कमजोर भएकाले सबैसँग सहयोगको याचना गरेको उनका बुबा वृष धितालले बताए।
धिताल माघ २५ गतेबाट बिरामी परेपछि हुम्लाबाट उपचारका लागि सुर्खेत लगिएको थियो। त्यहाँ उपचार हुन नसक्दा काठमाडौंको सहिद गंगालालमा उपचार गर्दा मुटुका चार वटामध्ये मध्य दुई वटा भल्वले काम गर्न छाडेको कुरा पत्ता लागेको थियो।
त्यसपछि ऋण सापटी गरेर जेनतेन शल्यक्रिया गरिएको थियो। हालसम्म बिरामीको उपचारका लागि १३ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए। यसमा केही सहयोगी मनबाट आर्थिक सहयोग जुटाउनेप्रति धन्यवाद दिँदै थप उपचारका लागि उनले थप सहयोगका लागि याचना गरेका छन्। मुटुका बिरामी धिताललाई हाल काठमाडौंको कीर्तिपुरमा टहरोमा राखिएको छ। त्यहाँ धितालको स्याहार उनका बुवाले गर्दै आएका छन्।
अस्पतालमा उपचार गर्दै धिताल।
तस्बिरः सौजन्य वर्ष धिताल
भर्खरै
लोकप्रिय
