भट्ट, गोल्छा र अग्रवालसहित ३९ जनाविरुद्ध ‘मनी लाउण्डरिङ्ग’ मुद्दा दर्ता, अर्बौंको बिगो दाबी

भट्ट, गोल्छा र अग्रवालसहित ३९ जनाविरुद्ध ‘मनी लाउण्डरिङ्ग’ मुद्दा दर्ता, अर्बौंको बिगो दाबी
+
-

काठमाडौँ- सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा दिपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।

अदालत प्रशासनका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम दायर गरिएको मुद्दामा प्रतिवादी दिपक भट्टविरुद्ध रु. २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ।

त्यसैगरी, शुलभ अग्रवालविरुद्ध रु. २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा तथा शेखर गोल्छाविरुद्ध रु. ५२ करोड ५० लाख बिगो दाबी गरिएको छ।

मुद्दामा कुल ३९ प्रतिवादी रहेका छन्, जसमध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी समावेश छन्। आरोपितहरूविरुद्ध गैरकानुनी रूपमा आर्जित सम्पत्तिको कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको आरोपमा विशेष अदालतमा अभियोगपत्र दायर गरिएको हो।

यो पनि पढ्नुहोस्

दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पति शुद्धीकरणको अभियोग विशेषमा

दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पति शुद्धीकरणको अभियोग विशेषमा

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…