फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबीचको रोमान्चक खेल बराबरीमा समाप्त

फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबीचको रोमान्चक खेल बराबरीमा समाप्त
+
-

फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

क्यानडाको टोरन्टो स्टेडियममा भएको उक्त प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको सुरुवातमा भ्रमणकारी टोली बोस्नियाले अग्रता लिएको थियो । २१औं मिनेटमा जोभो लुकिचले उत्कृष्ट हेडरमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको क्यानडाले दोस्रो हाफमा खेलमा फर्कन निकै संघर्ष गर्नुपरेको थियो ।

खेलको उत्तरार्धमा घरेलु टोलीले पुनरागमन गर्‍यो । ७९औं मिनेटमा क्यानडाका काइल लारिनले उत्कृष्ट बल कन्ट्रोलका साथ गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमै सकियो । यस बराबरीसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन् ।

अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेबाट सुरु हुने तालिका रहेको छ ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…