- राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बिएनएस नर्सिङ तेस्रो वर्षका १६ विद्यार्थीलाई टिका र चिनो प्रदान गरेर बिदाइ गर्यो।
- प्रमुख अतिथि डा. सुरेश रसाईलीले विद्यार्थीलाई कार्यस्थलमा ज्ञान प्रयोग गर्न र बिरामीमैत्री हुने सुझाव दिए।
- नर्सिङ प्रमुख प्रा. अम्बिका पौडेलले स्नाकोत्तर अध्ययनका लागि प्रतिष्ठानमा फर्किन आग्रह गर्दै सफलता शुभकामना दिइन्।
दाङ– राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिएनएस नर्सिङ तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीलाई बिदाइ गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच बिद्यार्थीलाई बिदाइ गरिएको हो।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह-प्राध्यापक डा. सुरेश रसाईली, स्कुल अफ नर्सिङका प्रमुख प्रा. अम्बिका पौडेल लगायत शिक्षकहरुले १६ जना बिद्यार्थीलाई सामुहिकरुपमा टिका र मायाको चिनो प्रदान गरेर बिदाइ गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका निमित्त कार्यालय प्रमुख डा.रसाईलीले तीन बर्षे शैक्षिक यात्राको विद्यार्थीहरुलाई सफलताको शुभकामना दिँदै आफूले पढेका कुराहरु कार्यस्थलमा ब्यावहारिकरुपमा कार्यान्वयन गर्न सुझाब दिए।
विद्यार्थी बनेर सिक्दा र परिपक्व भई बिदाइ भएर जाँदै गर्दा आफ्नो सीप, क्षमता, बोलि, बचन, ब्यवहारलाई बिरामी मैत्री बनाउँदै लैजान उनले आग्रह गरे।
त्यस्तै नर्सिङ प्रमुख प्रा. अम्बिका पौडेलले विद्यार्थीहरुलाई आगामी यात्राको सफलताको शुभकामना दिदै नर्सिङको स्नाकोत्तरको पढाइ पनि प्रतिष्ठानमा हुने भएकाले फेरि भेटाैला कार्यक्रममा आउन आग्रह गरिन्। पढाईपछि आफुले काम गर्ने ठाउँमा प्रतिष्ठानको नाम चिनाउने गरि कार्य गर्न बिद्यार्थीलाई सुझाइन्।
प्रतिष्ठानमा नर्सिङ कार्यक्रम २०८० असारदेखि सुरु भएको थियो। प्रतिष्ठानले शैक्षिक कार्यक्रम नर्सिङ हुँदै एमबिबिएस र एमडी एमएसको पढाई सुरु गरेर शैक्षिक कार्यक्रम बिस्तार गरिरहेको छ।
भर्खरै
लोकप्रिय
