अ
+
अ
अ
-
काठमाडौँ- कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका कैलालीका १२ जना कर्मचारी पक्राउ परेका छन्।
पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन। नेपाल प्रहरीले १२ जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएको छ।
गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले शुक्रबार भीरबाट खसालिदिएको थिए।
उनले आफूले टेम्पो घर लैजाने र अब त्यहाँ व्यापार नगर्ने भन्दाभन्दै पनि कर्मचारीले नसुनी टेम्पो भीरमा खसालेको बताएकी छन्।
भर्खरै
लोकप्रिय
