टाइटनको २२औँ वार्षिकोत्सव सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित
+
-
देशसञ्चार AI सारांश
  • विश्वप्रसिद्ध घडी ब्रान्ड टाइटनको नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव काठमाडौँमा एक विशेष समारोहका साथ मनाइएको छ।
  • बलिउड अभिनेत्री आलिया भट्टलाई टाइटनको नेपालका लागि आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरिएको छ।
  • टाइटनले असार महिनाभरि सम्पूर्ण उत्पादनहरूमा २० प्रतिशत विशेष छुट दिने घोषणा गरेको छ।

काठमाडौँ- विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटनको नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव एक विशेष समारोहका साथ सम्पन्न भएको छ।

नेपालमा टाइटन ब्रान्डको आधिकारिक वितरक ‘नेपाल ट्रेड नेटवर्क प्रालि’द्वारा आयोजित उक्त कार्यक्रममा टाइटन कम्पनीको अन्तर्राष्ट्रिय व्यापार विभाग (आईबीडी) अन्तर्गत सार्क तथा अफ्रिका क्षेत्र प्रमुख जितेन्द्र सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

सिन्हाले दीप प्रज्वलन गरी शुभारम्भ गरेको यस कार्यक्रममा नेपालभरका करिब ४० जना डिलर, व्यवसायिक साझेदार तथा टाइटनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा टाइटनको नेपालमा दुई दशकभन्दा लामो सफल यात्रालाई स्मरण गर्दै आगामी योजनाहरूको बारेमा समेत जानकारी गराइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जितेन्द्र सिन्हाले नेपालमा टाइटन ब्रान्डप्रति ग्राहकहरूको विश्वास र आकर्षण निरन्तर बढ्दै गएको बताए। भारतपछि नेपाल टाइटनका लागि एक महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले ग्राहक, डिलर तथा NTN परिवारको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालमा टाइटनको बजार विस्तार र ब्रान्ड मूल्य दुवै सशक्त रूपमा वृद्धि भइरहेको समेत जानकारी दिए।

यस समारोहको प्रमुख आकर्षणका रूपमा बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टलाई नेपालका लागि टाइटन ब्रान्डको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरियो। अभिनेत्री भट्टको व्यक्तित्व, आधुनिक सोच, विश्वव्यापी लोकप्रियता तथा युवा पुस्तामाझको प्रभावले टाइटनको ब्रान्ड छविलाई अझ सशक्त बनाउने विश्वास सिन्हाले व्यक्त गरे। नेपाली ग्राहकहरूसँग अझ नजिकको सम्बन्ध स्थापित गर्न र नयाँ पुस्तासम्म ब्रान्डको पहुँच विस्तार गर्न यो निर्णय महत्वपूर्ण हुने कम्पनीको भनाइ छ।

२२औँ वार्षिकोत्सवको अवसर पारेर सिन्हाले असार महिनाभरि टाइटनका सम्पूर्ण उत्पादनहरूमा २० प्रतिशत विशेष छुट उपलब्ध गराइने घोषणा गरे। ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाउने उद्देश्यले यो योजना ल्याइएको हो।

समारोहमा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शीर्ष १० डिलरहरूका साथै हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित एक्सक्लुसिभ ब्राण्ड आउटलेटका इन्चार्जहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। यसैगरी सहभागीहरूलाई हालै OTT प्लेटफर्ममा सार्वजनिक भएको, टाइटनको स्थापना र सफलताको प्रेरणादायी यात्रा प्रस्तुत गर्ने “Made In India: A Titan Story” शृङ्खलाबारे पनि जानकारी गराइएको थियो।

कार्यक्रममा नेपाल ट्रेड नेटवर्क प्रालि (NTN) का प्रबन्ध निर्देशक सुनील कुमार अग्रवालले कम्पनीको भावी योजनाबारे प्रकाश पार्दै सन् २०२६ भित्र देशका विभिन्न स्थानमा थप तीनवटा नयाँ शोरुम सञ्चालन गर्ने लक्ष्य रहेको बताए। उनले टाइटनलाई नेपालका थप शहर तथा बजारसम्म पुर्‍याउने, ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने तथा बिक्रीपछिको सेवालाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।

हाल नेपालमा दरबारमार्ग, जावलाखेल, धरान, विराटनगर, सिमरा, वीरगञ्ज, नारायणघाट, बुटवल, घोराही (दाङ) र पोखरा गरी १० वटा आउटलेटहरू सञ्चालनमा रहेका छन्।

सन् २००४ देखि नेपालमा आफ्नो यात्रा सुरु गरेको टाइटनले आज घडी, स्मार्ट वाच, फेसन एक्सेसरिज तथा लाइफस्टाइल उत्पादनहरूको क्षेत्रमा आफूलाई एक भरोसायोग्य ब्रान्डका रूपमा स्थापित गरिसकेको छ।

२२ वर्षको सफल यात्रा पूरा गरेको कम्पनीले आगामी वर्षहरूमा पनि नेपाली ग्राहकलाई विश्वस्तरीय गुणस्तर, नवीनता र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…