राष्ट्र बैंकले ल्यायो ५०० दरका नयाँ नोट चलनचल्तीमा

राष्ट्र बैंकले ल्यायो ५०० दरका नयाँ नोट चलनचल्तीमा
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • नेपाल राष्ट्र बैंकले पाँच सय दरका नयाँ नोट चालु गरेर कुल ३० लाख थान नोट बजारमा ल्याएको छ।
  • नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानी छाप र कुबेरको चित्र विभिन्न कोणबाट देख्न सकिन्छ।
  • दृष्टिविहीनका लागि विशेषतः दुईवटा स्पर्शनीय कालो थोप्ला र सुरक्षा धागो पनि राखिएको छ।

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले बुधबारदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन्।

राष्ट्र बैंकले संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ। नेपाली नोटको नम्बरिङ प्रणालीमा संकतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन्। यहाँ प्रयोग भएका संकेतहरू: झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान (करिब १० लाख) नोटहरू छापिन्छन्।

यस हिसाबले राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो। यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो।

यस्ता छन् नयाँ नोटका विशेषता

नयाँ नोटको अग्रभागमा वायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। तल्लो खण्डमा सिरिज नम्बर २०८२ लेखिएको छ।

साथै पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका छन्।

सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरका चित्र छ।

नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ। साथै ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो राखिएको छ।

नोटको पृष्ठ भागको मध्य खण्डमा पाटेबाटको चित्र र सोको माथि NEPAL RASTRA BANK लेखिएको छ।

नोटको तल्लो खण्डमा RUPEES FIVE HUNDRED र सिरिज नम्बर 2025 AD लेखिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…