झापामा सडक दुर्घटनाको ‘ग्राफ’ बढ्दै

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ बढ्दै
+
-
देशसञ्चार AI सारांश
  • झापामा पछिल्लो समयमा १७४ वटा सवारी दुर्घटना भएकोमा १५४ दुर्घटनाका प्रमुख कारण चालकको लापर्वाही नै पाइएको छ।
  • सवारी दुर्घटनामा परी आठ जनाको ज्यान गएको र २८६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • नियमविपरीत चलाइएका २७३३ सवारीसाधनलाई कारबाही गर्दा प्रहरीले रु २८ लाख ३३ हजार ९१ राजस्व संकलन गर्‍यो।

झापा- जिल्लामा पछिल्लो समय सडक दुर्घटना बढ्दो क्रममा देखिएको छ। सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारण  रहेको पाइएको  जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाकाले बताए।

उनका अनुसार सडक र सवारी साधनको चुस्तताभन्दा चालकको व्यवहारका कारण जिल्लाभर सडक दुर्घटनाको ग्राफ उकालो लागेको हो। प्रहरीको जेठ महिनाको मासिक प्रगति प्रतिवेदनअनुसार समीक्षा अवधिमा जिल्लाभर कूल १७४ वटा सडक दुर्घटना भएका छन् । जसमध्य १५४ वटा दुर्घटना चालककै चरम लापर्वाहीका कारण भएको देखिएको छ ।

यसको तुलनामा सडकको दूरावस्थाका कारण पाँच वटा र सवारीसाधनको यान्त्रिक गडबडीका कारण तीन वटा मात्रै दुर्घटना भएका छन् । यसबाहेक यात्रुको गल्तीका कारण आठ वटा, छाडा चौपायाको कारण एउटा र तीन वटा अन्य कारण सवारी दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए।

यसले सडक र प्रविधिभन्दा मानवीय त्रुटि निकै उच्च रहेको पुष्टि गर्छ । यस अवधिमा भएका सवारी दुर्घटनाहरूमा परी आठ जनाले ज्यान गुमाएका छन् भने २८६ जना घाइते भएको प्रहरीले जनाएको छ । सडक सुरक्षालाई मध्यनजर गर्दै झापा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा गरेको सवारी जाँच अभियानअन्तर्गत नियमविपरीत चलेका दुई हजार ७३३ वटा सवारीसाधनलाई कारबाही गर्दा रु २८ लाख ३३ हजार ९१ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…