काठमाडौँ– पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक जनाको उद्धार गरेको छ।
देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेलले बिहीबार बिहान नदीमा हाम फालेका थिए। उनले हाम फालेलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पौडेललाई उपचारको लागि चितवन अस्पताल लगिएको छ। उनको अवस्था सामान्य रहेको छ।
यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीको बिच भागमा अड्किएका एक जनाको पनि सशस्त्र प्रहरीले उद्धार गरेको छ।
भोटेकोशी–१ लिस्ती बस्ने २३ बर्षीय संजिव बिकलाई उक्त नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बिच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो।
उद्धार पश्चात उनलाई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको छ।
भर्खरै
लोकप्रिय
