अ
+
अ
अ
-
हुम्ला – सर्केगाड गाउँपालिका–१ तुम्चको देवल आधारभूत विद्यालयलाई माध्यमिक विद्यालयको रुपमा सञ्चालनका लागि अनुमति प्रदान गरिएपछि कक्षा नौ का विद्यार्थीलाई सहज भएको छ।
विद्यालय र अभिभावकको मागबमोजिम गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सिफारिसमा गाउँपालिका शिक्षा समितिले सो विद्यालयलाई मावि तहको अध्ययन अनुमति दिएपछि विद्यार्थीलाई सहज भएको हो।
०४४ सालमा प्राथमिक तहका रुपमा स्थापना भएको देवल आधारभूत विद्यालयलाई २०६८ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति गरिएको थियो। लामो प्रयास र स्थानीय समुदायको मागपछि विद्यालयमा अब मावि तहको पठनपाठन सुरु भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले बताए।
यसअघिको तुम्च क्षेत्रका विद्यार्थीले कक्षा आठ उत्तीर्ण गरेपछि माथिल्लो कक्षा अध्ययनका लागि सोही वडाको जैरको सरस्वती माविमा ६ घण्टा हिँड्नुपर्ने बाध्यता हटेको हो।
भर्खरै
लोकप्रिय
