काठमाडौँ– गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी परेको छ।
हिरासतमा रहेको समयमा ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार उनीविरुद्ध आयोगमा उजुरी परेको हो। तीन युवा अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले उजुरी दिएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा जेठ १७ गते नेपालले पनि भारतको जमिन मिचेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि जेठ १९ गते लैनचौरस्थित भारतीय दूतावासअघि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग रहेको र सीमा समस्याको विषयमा भारतीय ज्यादतीको अन्त्य हुनुपर्ने माग गर्दै प्रदर्शन गर्नेक्रममा उनीहरू पक्राउ परेका थिए। पक्राउ परेको आधा घण्टापछि गुरुङ सोह्रखुट्टे प्रहरी वृत्तमा पुगेर ज्यानमार्ने धम्की दिएको उजुरी पत्रमा उल्लेख छ।
तीन युवाले उजुरी दिँदै स्थलगत अनुगमन र बयान लिन, प्रहरी कार्यालयको सिसिटीभी फुटेजलगायतको संरक्षण गर्न र दोषीमाथि कारबाही सिफारिस गर्न माग गरेका छन्।
उजुरीमा थुनुवाकक्षमा प्रवेश गरी गुरुङले संविधानको सम्मानपूर्वक बाँच्न पाउने हक, न्यायसम्बन्धि र यातनाविरुद्धको हकको उल्लंघन गरिएको बताइएको छ।
धम्की दिने समयमा उनी गृहमन्त्री थिएनन्।

भर्खरै
लोकप्रिय
