अ
+
अ
अ
-
काठमाडौँ – जेनजी पुस्ताका किशोरीहरूले डिम्ब तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले पीडित किशोरीहरूलाई तत्काल न्याय दिनुपर्ने, डिम्ब तस्करीमा संलग्न रहेको आरोप लागेकी पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराललाई तत्काल पक्राउ गर्नुपर्ने र यस अवैध कार्यमा संलग्न डाक्टरहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।
‘होप फर्टिलिटी’लगायतका केन्द्रहरूमा डिम्ब तस्करीमा संलग्न डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहितका चिकित्सकहरूको मेडिकल लाइसेन्स खारेज गरी मुद्दा चलाउनुपर्ने उनीहरूको मुख्य माग रहेको छ।
प्रदर्शनमा डिम्ब तस्करीविरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएका युवा अभियन्ता किरण विकलगायत सर्वसाधारणको पनि उपस्थिति रहेको थियो।

भर्खरै
लोकप्रिय
