विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
सांकेतिक तस्बिर
+
-

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै २३ लाख ६५ हजार रुपैयाँ ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१ का ५० वर्षीय युवकराज पराजुली, दोलखाको जिरी नगरपालिका–३ का ३४ वर्षीय टङ्कबहादुर खड्का तथा सुनसरीको धरान उपमहानगरपालिका–६ का ३४ वर्षीय मनिष पोदार रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

उनले भने, ‘पक्राउ परेकामध्ये पराजुलीले न्यूजिल्यान्ड पठाउने भन्दै १६ लाख ६५ हजार, खड्काले लिथुआनिया पठाउने भन्दै पाँच लाख तथा पोदारले बेलायत पठाउने भन्दै दुई लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।’

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…