चितवन- गृहमन्त्री सुधन गुरुङले मंगलबार बिहान ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएपछि होटलले ३ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ।
गृहमन्त्रीले ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको होटलमा अनुगमन गर्दा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले उक्त होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराएको हो।
भरतपुरको एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिमा जरिवानाअघि चितवनमा सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोली अनुगमनमा गएको थियो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्यान्न खुवाएकाले जरिवाना गरिएको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।
ब्रेकफास्टमा अमलेट खाँदा माछाको काँडा भेटिएपछि होटलका कुक प्रहरी नियन्त्रणमा परेका थिए।
भर्खरै
लोकप्रिय
