- हुम्ला जिल्लाका छ वटा गाउँपालिकाले असार १० गतेभित्र बजेट पेश गर्न कानूनले तोकेको बाध्यता छ।
- नाम्खा गाउँपालिकाले ३५ करोड र सिमकोट गाउँपालिकाले ६४ करोड भन्दा बढी बजेट ल्याउँदैछन्।
- सर्केगार्डले ५५ करोड, चंखेलीले ४२ करोड, र अदानचुलीले ३८ करोड बजेट ल्याउँदैछन्।
हुम्ला- हुम्ला जिल्लाका छ वटा गाउँपालिकाले बुधबार गाउँ सभाको आयोजना गरी आगामी आर्थिक वर्षका लागि वजेट तथा कार्यक्रम ल्याउने भएका छन् ।
कानूनी रुपमा असार १० गते भित्र बजेट तथ कार्यक्रम सभामा पेश गरि सक्ने पर्ने ब्यवस्था भएको कारण जिल्लाका छ वटा गाउँपालिकाले असार १० गते आज वजेट ल्याउन लागेका हुन्।
जिल्लका छ वटा गाउँपालिकाहरुमा नाम्खा, सिमकोट, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले बुधबार वजेट ल्याउन लागेको जानकारी प्राप्त भएको हो ।
उत्तरी क्षेत्रका नाम्खा गाउँपालिकाले सवै भन्दा कम३५ करोडको वजेट ल्याउन लागेको छ भने सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका करिव चौसट्टी करोड भन्दा बढी वजेट ल्याउन लागेको छ ।
त्यसैगरि सर्केगार्ड गाउँपालिकाले ५५ करोड भन्दा वढी वजेट ल्याउदै छ भने चंखेली गाउँपालिकाले ४२ करोड वजेट ल्याउँदै छ ।
यता अदानचुली गाउँपालिकाले ३८ करोड वजेट ल्याउन लागेको छ । त्यसैगरी ताँजाकोट गाउँपालिकाले पनि आजै वजेट तथा कार्यक्रम ल्याउन तयारी गरि रहेको छ । असार ९ गते खार्पुनाथ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र वजेट ल्याई सकेको थियो । खार्पुनाथले ४९ करोड वजेट ल्याएको थियो ।
भर्खरै
लोकप्रिय
