सरकारलाई दृष्टिबिहीनहरूको चेतावनीः सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौँ

सरकारलाई दृष्टिबिहीनहरूको चेतावनीः सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौँ
+
-
देशसञ्चार AI सारांश
  • दृष्टिबिहीन स्वरोजगारमूलक व्यवसायी समूहले राज्यले सीप प्रयोग गर्न नदिएको भन्दै विरोधस्वरूप माईतीघरमा धर्ना सुरु गरेका छन्।
  • उनीहरूले सांस्कृतिक कार्यक्रम गर्दा सरकारी निकायहरूले धरपकड गर्ने र सहयोगमा अवरोध पुर्याउने आरोप लगाए।
  • गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिँदै माग पूरा नभए अनशनको योजना बनाएका छन्।

काठमाडौँ- सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरुको समूहले माईतीघरमा धर्ना दिएको छ ।

बुधबार बिहान माईतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् । राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताए ।

आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगितिक कार्यक्रम भएको बताए । सांस्कृतिक कार्यक्रम गर्दा पशशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाए । आफैँसँग हारेका दृष्टिबिहीहरुको अन्तिम विकल्प नै अरुको सहयोग लिनुपर्ने भएपनि सरकारले अरुको सहयोग लिन नदिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी दिनमा यसबारे सोचोस् भनेर माइतीघरमा आन्दोलन गर्न आएको बताए । सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप लगाए ।

गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिए । सात दिनसम्म माईतीघरमा धर्ना दिने कार्यक्रम रहेको र सात दिनसम्म पनि माग पूरा नभए रिले अनसन शुरु गर्ने चेतावनी दिए ।

शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिबिहीनका साथै पूर्ण रुपमा अपाङ्गता भएकाहरुलाई सरकारले व्यवस्थापन गर्नुपर्ने बताए ।

रास्वपाका सांसद रमेश प्रसाईं (दृष्टिबिहीन) ले दृष्टिबिहीनलाई मागेर खाने व्यक्तिको बारेमा आफू कुरा नगर्ने भन्दै पन्छिएको बताए ।

घाम, पानी, धुवाँ, धुलो सहनु रहर होइन, बाध्यता हो, विकल्प नइि सडकपेटी छोड्दैनौँ भन्दै प्रदर्शन गरेका हुन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…