डिभिजन वनकार्यालय जुम्लाद्वारा ११ महिनामा ६५ लाखभन्दा बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालय जुम्लाद्वारा ११ महिनामा ६५ लाखभन्दा बढी राजस्व सङ्कलन
सांकेतिक तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ।
  • वन डढेलो नियन्त्रण नौ पटक, फर्निचर उद्योग अनुगमन ३३ पटक र सामुदायिक वन कार्ययोजना नवीकरण १९ पटक भएको छ।
  • जिल्लाका आठ स्थानीय तहमा ४६ वनको नयाँ कार्ययोजना बनाएर पाँच हेक्टर वनक्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ।

जुम्ला- डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमध्ये वन क्षेत्रको रोयल्टीमार्फत र ९३ हजार ४००, बेरुजुबाट रु चार लाख ७५ हजार ५८१, अन्य प्रशासनिक सेवाशुल्कबापत रु नौ हजार १७५ र अन्य आयमार्फत रु ५९ लाख ६३ हजार १५० राजस्व सङ्कलन भएको वन अधिकृत तेजेन्द्र रावलले जानकारी दिए । कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा वन अवरोध नियन्त्रणमा काम गर्दै आएको छ ।

वन डढेलो नियन्त्रण नौ पटक, स्वचालित हाते आरा सूचीकृत एक वटा, फर्निचर उद्योग अनुगमन नियमन ३३ पटक र सामुदायिक वन कार्ययोजना नवीकरण सङ्ख्या १९ रहेको वन अधिकृत रावलले जानकारी दिए ।

सोही अवधिमा करिब जिल्लाबाट ३१ लाख एक हजार ८१३ किलो जडीबुटी निकासी (छोडपुर्जी) भएको छ । जिल्लाभर पाँच हेक्टर वनक्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ । जिल्लाका आठ स्थानीय तहमा ४६ वनको नयाँ कार्ययोजना बनाएर काम भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रकाश देवकोटाले जानकारी दिए ।

जिल्लामा सामुदायिक वनको सङ्ख्या २०६ वटा छन् । एक सय २७ कबुलियती र छ वटा निजी वन रहेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…