रास्वपा महाधिवेशन : मतदानको तयारी तीव्र

रास्वपा महाधिवेशन : मतदानको तयारी तीव्र
+
-

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको मतदानका लागि अझै तीन घण्टा लाग्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उम्मेदवारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न तीन घण्टा लाग्ने भएको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्ररकार सम्मेलनको आयोजना गरी निर्वाचन प्रक्रिया सुरु हुन केही समय लाग्ने जानकारी दिए। उनले भने, “केन्द्रीय सदस्यको उम्मेदवारी अध्ययन, दाबी विरोध, विद्युतीय मतदान उपकरणमा उम्मेदवारको नामावली प्रविष्ट गर्नेलगायत काम बाँकी रहेकाले दुईदेखि तीन घण्टा लाग्न सक्छ।” अहिले सबै काम भइरहेको भन्दै उनले ३७० जनाको उम्मेदवारी परेको जानकारी दिए। कतिपय साथीहरूको दोहोरिएकाले उम्मेदवारको सङ्ख्या घटेको उनले बताए।

प्रतिनिधिको समस्या समाधानका लागि तीन वटा हेल्प डेस्क बनाएर काम सुरु गर्न लागिएको उनले जानकारी दिए। उनले भने, “खाना खान प्रयोेग भइरहेको हल पछाडि तीन वटा डेस्क बनाएर काम गरिएको छ।” प्रदेशका सभापति र महामन्त्रीमार्फत समस्या समाधानका लागि काम भइरहेको उनले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…