- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता मच्चाउँदै युवालाई त्रसित पार्न खोजेको आरोप लगाए।
- उनले मुलुकमा नागरिक स्वतन्त्रता खुम्चिँदै गएको र सरकार कानुन मिच्न उद्दत्त रहेको बताए।
- राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमले सरकारमाथि निगरानी गर्नुपर्ने भन्दै उनले सरकारलाई आलोचना गरे।
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता मच्चाउने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको विरोध गर्ने युवालाई अध्ययन, रोजगारी तथा विदेश जाने अवसरबाट वञ्चित गरिने भन्दै त्रासको वातावरण सिर्जना गर्ने कार्य सरकारले गरिरहेको आरोप लगाएका हुन्।
उनले मुलुकमा नागरिक स्वतन्त्रता खुम्चिँदै गएको तथा राज्यका अंग र निकायहरूसमेत कार्यकारिणीको नियन्त्रमा पुगेको टिप्पणी गरे। उनले सरकारले कानुनी शासनको स्थापना गर्नुको सट्टा कानुन र नियम मिच्ने कार्य गरिरहेको बताए।
राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमले सरकारमाथि प्रभावकारी निगरानी र आलोचना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
उनले भने, ‘अहिले कोही युवाहरूले सरकारको विरोध गर्यो भने पढ्न पाउँदैनस्, विदेश जान पाउँदैनस्, विदेश गएर पढ्न पाउँदैनस्, जागिर खान पाउँदैनस्, इस्तियार जारी हुन्छ। धम्काएर, तर्साएर, मान्छेलाई वशीभूत बनाउने? मान्छेहरूलाई त्रासमा पारेर आज देश निसास्सिएको अवस्थामा छ। एउटा एैँठनको अवस्था छ। कतिखेर कसलाई के हुन्छ? भन्न सकिने अवस्था छैन। यस्तो पनि हुन्छ सरकार? यस्तो पनि हुन्छ राज्य? यस्तो पनि हुन्छ समाज? समाज भाँड्ने, बिथोल्ने, समाजमा अराजकता मच्चाउने, समाजमा कानुन उल्लंघन गर्ने, कानुनको बर्खिलाप गर्ने कामको नेतृत्व सरकारले गरिराखेको छ।’
भर्खरै
लोकप्रिय
