- सिमकोट गाउँपालिकाले ०८३/८४ का लागि ६४ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
- कुल बजेटमा पुँजीगततर्फ ४१.६ प्रतिशत र चालुतर्फ ५८.४ प्रतिशत बजेट ब्यवस्था गरिएको छ।
- बजेटको मुख्य स्रोत संघ, प्रदेश सरकारका शीर्षक र ७५ लाख आन्तरिक श्रोत जुटाउने लक्ष्य राखिएको छ।
हुम्ला – सिमकोट गाउँपालिकाले आर्थिक वर्ष ०८३/८४ का लागि ६४ करोड ९५ लाखभन्दा बढी वजेट ल्याएको छ। गाउँपालिकाले बुधबार आयोजना गरेको तेहौं गाउँसभामा सो बजेट प्रस्तुत गरिएको हो।
आगामी आवका लागि ६४ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले जानकारी दिए।
सिमकोट गाउँपालिकाको कुल बजेटमा २६ करोड ९२ लाख ९६ हजार रुपैयाँ विनियोजित गरेर पुँजीगततर्फ ४१ दशमलव ६ प्रतिशत बजेटको ब्यवस्था गरिएको छ भने चालुतर्फ २८ करोड दुई लाख ३२ हजार रुपैयाँको बजेट विनियोजित गरी कुल बजेटको ५८ दशमलव ४ प्रतिशत बजेट ब्यवस्था गरिएको छ।
गाउँपालिकाले यो बजेट ब्यवस्थापनका लागि मुख्य स्रोतका रुपमा संघ र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकको बजेटलाई मानेको छ भने आन्तरिक श्रोत ७५ लाख जुटाउने लक्ष्य राखेको छ।
गत वर्षभन्दा बजेट अंश केही वृद्धि भएको छ।
गत वर्ष ६२ करोड रहेकामा यो वर्ष उक्त बजेट आएको हो। प्रस्तुत बजेटले टुक्रे योजनाले पनि प्राथमिकता पाएको छ। सभामा गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले उक्त बजेट प्रस्तुत गरेकी थिइन्।
भर्खरै
लोकप्रिय
