काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका लागि सबै मन्त्रीहरू चितवनतर्फ लागे पनि सिंहदरबारमै व्यस्त रहेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बुधबार चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
मन्त्री पुनले दिएको जानकारीअनुसार भेटमा विज्ञान, प्रविधि र नवप्रवर्तनमा सहकार्य गर्ने भनी सन् २०२३ मा भएको सम्झौतालाई अगाडि बढाउन कमिटी गठन गर्ने विषयमा छलफल भएको छ।
चीनले कुल ग्राहस्थ उत्पादनको २.८% अनुसन्धान तथा विकासमा लगानी गर्ने पनि मन्त्री पुनले जानकारी दिए।
उनले बताएअनुसार मन्त्री पुन र राजदूत चाङबीच नेपालमा नवप्रवर्तन केन्द्रहरूको विकास, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान तथा विकास, उच्च हिमाली क्षेत्र र हिमाली जडीबुटीको अनुसन्धान, इकोलोजिकल अनुगमनका लागि उपग्रह तथ्याङ्क साझेदारी, जलवायु परिवर्तन तथा वातावरणीय अनुसन्धानमा सहकार्य, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल रूपान्तरणमा सहकार्य र अनुसन्धानकर्ता तथा वैज्ञानिक आदानप्रदान र तालिमलगायत विषयमा छलफल भएको थियो।
भर्खरै
लोकप्रिय
