हुम्ला – नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोडभन्दा बढीको बजेट ल्याएको छ। बुधबार सञ्चालन गरिएको गाउँ सभामा सो बजेट प्रस्तुत गरेर पारितसमेत गरिएको हो।
आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ३५ करोड ३२ लाख पन्द्र हजार ८८८ बजेट गाउँ सभामा पेश भएर पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्सोतम देवकोटाले बताए। यी बजेटको मुख्य श्रोतमा संघ र प्रदेशबाट प्राप्त हुने विभिन्न शिर्षकका बजेट रहेको छ।
कुल बजेटमा चालूतर्फ २१ करोड पचास लाख ९७ हजार रुपियाँ रहेको छ भने पुँजीगततर्फ १३ करोड ८१ लाख १८ हजा ८८८ रुपियाँ रहेको छ। प्राप्त हुने बजेटमा संघबाट २८ करोड ६४ लाख ४८ हजार रुपियाँ रहेको छ भने प्रदेश सरकारबाट पप्त चार करोड ७२ लाख ६७ हजार ८८८ रुपियाँ रहेको छ।
त्यसैगरि गाउँपालिकाको संचित कोषबाट एक करोड ९५ लाख रुपियाँ रहेको छ। सभा गाउँपालिकाका अध्इष प्रेमबहादुर लामाका अध्यक्षतामा भएको थियो भने बजेट तथा कार्यक्रम उपाध्यष तकदिर लामाले प्रस्तुत गरेका थिए।
भर्खरै
लोकप्रिय
