- खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ९५ लाख ५७ हजार २८८ रुपैयाँको बजेट पारित गरेको छ।
- बजेटको ४४ प्रतिशत पूँजीगत र ५६ प्रतिशत चालुतर्फ छुट्याइएको छ, जुन संघ, प्रदेश र आन्तरिक राजस्वमा आधारित छ।
- नयाँ बजेटले स्मार्ट गाउँपालिका, रैथाने बाली प्रर्बद्धन र माटोका छाना विहीन घर निर्माण समेटेको प्रबक्ता शाहीले बताए।
हुम्ला – खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड ९५ लाखको वजेट ल्याएको छ। मंगलबार भएको १९ औं गाउँसभाबाट सो गाउँपालिकाले उक्त बजेट पारितसमेत गरेको हो।
खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोढ ९५ लाख ५७ हजार २८८ रुपैयाँको बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।
यसअघि मंगलबारै खार्पुनाथ गाउँपालिकाले आगामी आवका लागि नीति तथा कार्यक्रम समेत सभामा पेश गरेर पारित गरेको थियो। यसमा पूँजीगततर्फ २१ करोड ९८ लाख रुपैयाँको वजेट ल्याएर कुल वजेटको ४४ प्रतिशत वजेट अंश छुट्याईएको छ भने चालुतर्फ २७ करोड ९७ लाख ५७ हजार २८८ रुपैयाँको बजेट ल्याएर कुल वजेटको ५६ प्रतिशत अंश वजेट छुट्याईएको छ।
यसका लागि वजेटको श्रोतका रुपमा संघ, प्रदेश र आन्तरिक राजस्वलाई आधार मानिएको छ। नयाँ आएको बजेटले स्मार्ट गाउँपालिका, रैथाने बाली प्रर्बद्धन, माटोका छाना विहीन घर निर्माण जस्ता नयाँ कार्यक्रमहरु समेटेको गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष भरतजंग शाहीले जानकार दिए। वजेट भाषण गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहले प्रस्तुत गरेका थिए।
भर्खरै
लोकप्रिय
