- छायाँनाथ रारा नगरपालिकाले समग्र विकास, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन र रोजगारी सिर्जनामा मुख्य प्राथमिकता दिएको जनाएको छ।
- बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य सेवा विस्तार, र एकल महिला लक्षित कार्यक्रम समेटिएका छन्।
- नगर प्रमुखले प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलाई केन्द्रमा राखी सुशासनलाई सुदृढ बनाउने बताए।
मुगु – छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड २१ लाख ४२ हजार २१ रुपैयाँको बजेट बिनियाेजन गरेको छ।
छायाँनाथरारा नगरपालिकाकाे १९ ओै नगरसभा ( बजेट अधिवेसन) मा कार्यक्रमकाे निति तथा बजेट सार्वजनिक गरिएकाे हाे।

नगरपालिकाले नगरपालिकाकाे समग्र बिकासका लागी, स्वास्थ्य, कृषि, पर्यटन, लगायत अन्य पूर्वाधार विकास, सुशासन तथा रोजगारी सिर्जनालाई बजेटको मुख्य प्राथमिकतामा राखेको जनाएको छ। बजेटमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, स्थानीय उत्पादन प्रवर्द्धन, सीपमूलक तालिम तथा एकल महिला लक्षित कार्यक्रम समेटिएका छन्।
यस्तै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, , सडक स्तरोन्नति, ग्रामीण सडक विस्तार तथा मोटरेबल पुल निर्माणका योजनालाई पनि प्राथमिकताका साथ अघि सारिएको छ।
नगर प्रमुख विष्णुकुमार भामले प्रस्तुत नीति तथा कार्यक्रमले नगरवासीको आवश्यकता सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा आर्थिक विकासलाई केन्द्रमा राखेको बताए।
उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरे।
नगर उपप्रमुख ऐश्वर्य मल्लले प्रस्तुत गर्नुभएको बजेटले समावेशी विकास, सेवा प्रवाहको प्रभावकारिता र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत नगरको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन उनले बजेट कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
भर्खरै
लोकप्रिय
