संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत

संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत
+
-
देशसञ्चार AI सारांश
  • कुल १० लाख ९७ हजार ८३६ पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरे, जसबाट रु एक अर्ब ५२ लाख १६ हजार राजस्व प्राप्त भएको थियो।
  • नेपालका १३ राष्ट्रिय निकुञ्ज र ६ संरक्षण क्षेत्र विदेशी पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा देखिएका छन्।
  • शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै पर्यटक पुगे भने अपिनाम्पा संरक्षण क्षेत्रमा सबैभन्दा कम पुगे।

काठमाडौँ – कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको सङ्ख्या पाँच लाख ११ हजार ७६२ र नेपाली पाँच लाख ८६ हजार ७४ पर्यटक रहेका छन्। पाहुना प्रवेशबाट उक्त आवमा रु एक अर्ब ५२ लाख १६ हजार राजस्व प्राप्त भएको थियो।

आव २०८१/८२ को विवरणअनुसार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा तीन लाख ४६ हजार ६४४, त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई लाख ७८ हजार ११३, चितवन राष्ट्रिय निकुञ्जमा दुई लाख ४९ हजार ९५६ पर्यटक प्रवेश गरेका थिए। सबैभन्दा कम अपिनाम्पा संरक्षण क्षेत्रमा २२९ जना पर्यटक प्रवेश गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा चितवन, बर्दिया, लामटाङ, रारा, बाँके, सगरमाथा, शे–फोक्सुन्डो, शिवपुरी नागार्जुन, मकालु बरुण, खप्तड, शुक्लाफाँटा, पर्सा र छायाँनाथ गरी १३ राष्ट्रिय निकुञ्ज रहेका छन्।

त्यस्तै कुष्णसार, अपिनाम्पा, कञ्चनजङ्घा, मनास्लु, गौरीशङ्कर र अन्नपूर्ण गरी छ संरक्षण क्षेत्र तथा ढोरपाटन सिकार आरक्ष एवं कोशीटप्पु वन्यजन्तु आरक्ष रहेका छन्। संरक्षण क्षेत्रहरूले मुलुकको कुल भूभागको २३.३९ प्रतिशत क्षेत्र ओगटेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…