- जुम्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को लागि नीति, कार्यक्रम र बजेट एकैसाथ सार्वजनिक गरेका छन्।
- चन्दनाथ नगरपालिकाको बजेट रु ५९ करोड ४६ लाख ७१ हजार रहेको छ भने तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार बजेट ल्याएको छ।
- तिला गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा सुदृढीकरण, स्वास्थ्य सेवा, शिक्षा, कला र संस्कृति प्राथमिकता दिइएको छ।
जुम्ला- जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् ।
यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले रु ४५ करोड ४६ लाख छ हजार र तिला गाउँपालिकाले रु ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएका छन् ।
यसैगरी, हिमा गाउँपालिकाले रु ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले रु ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले रु ४५ करोड १२ लाख ७७ हजार बजेट ल्याएका छन् ।
गुठीचौर गाउँपालिकाले असार ९ गते रु ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।
तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरेको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र संवद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको जानकारी दिइन् ।
भर्खरै
लोकप्रिय
