उचित व्यवस्थापन नगरे पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्वासीको चेतावनी

उचित व्यवस्थापन नगरे पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्वासीको चेतावनी
+
-

काठमाडौँ – कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरू सरकारले स्थायी आवासको व्यवस्था गर्नुको साटो २५ हजार रुपैयाँ दिएर जबरजस्ती हटाउन खोजेको भन्दै आक्रोशित भएका छन्।

सरकारले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न दबाब दिएपछि पीडितहरूआक्रोशित बनेका हुन्। हाल उक्त होल्डिङ सेन्टरभित्र फोटो र भिडियो खिच्नसमेत प्रशासनले रोक लगाएको छ।

बागमती सभ्यता एकीकृत विकास समितिले सेन्टरमा रहेका सुकुम्बासीहरूलाई असार १२ गतेभित्र उक्त ठाउँ खाली गर्न सूचना जारी गरेको छ। समितिले सरकारले दिने भनेको २५ हजार रुपैयाँ भुक्तानीका लागि पीडितहरूसँग बैंक खाताको विवरण माग गरेको छ।

तर, सुकुम्वासीहरूले भने सरकारले व्यवस्थित बसोबासको ग्यारेन्टी गर्न नसकेर आफूहरूलाई पन्छाउन मात्र खोजेको बताएका छन्।

सुकुम्वासीहरूले होल्डिङ सेन्टरबाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँसेर आफूहरूलाई उचित व्यवस्थापन नगरे पुरानै ठाउँमा फर्किने चेतावनी दिएका छन्।  उनीहरूले आफूहरूलाई स्थायी विकल्प र बस्ने ठाउँ नदेखाई जबरजस्ती निकालिएमा पुरानै बस्तीमा फर्केर पुनः छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।

तस्बिरहरू: सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…