सरकारी आश्वासनपछि चिया उद्योग खुले

सरकारी आश्वासनपछि चिया उद्योग खुले
कन्याम चिया बगान। फाइल तस्बिर।
+
-

काठमाडौँ – नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योग आजदेखि पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।

भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग आजदेखि पुनःसञ्चालनमा ल्याइने भएको हो। नेपाल चिया उत्पादक सङ्घले आज जारी गरेको विज्ञप्तिमा सरकारबाट चिया क्षेत्रका समस्यालाई समाधान गर्ने आश्वासन प्राप्त भएपछि उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ।

‘चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानले भोग्दै आएका समस्या पहिचान र नेपाली चियाको अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित सरकारले विशेष कार्यदल गठन गरेको कार्यदललाई सङ्घले सकारात्मक रुपमा लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अतः सरकारको सकारात्मक पहललाई सम्मान गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको छ।’

भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले उद्योग बन्द गरेका थिए। असार ८ गते सरकारले चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

सङ्घले कार्यदल गठन तथा सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान र मजदुरको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…