काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिदा संसद बैठक प्रभावित भएको छ।
असार ७,८ र ९ गते महाधिवेशन सम्पन्न गर्ने र १० गते बिहीबार संसद बैठक बस्ने गरी तयारी भए पनि १२ गते शुक्रबारसम्म रास्वपाको महाधिवेशन नसकिएपछि दुईपटक संसद बैठकको मिति सारिएको छ।
बिहीबार बस्ने तय भएको संसद बैठक रास्वपाकाे महाधिवेशन लम्बिएपछि सूचना निकालेर शुक्रबारका लागि सारिएको थियो। रास्वपाको महाधिवेशन जारी रहेका कारण शुक्रबारका लागि तय भएको संसद बैठक पनि स्थगित गरिएको छ।
सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुनः सरेको जानकारी दिए।
संसदमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयकलगायत पेश गर्नुपर्ने भए पनि पटकपटक संसद बैठक भने स्थगित भइरहेको छ।
भर्खरै
लोकप्रिय
