भारतद्वारा चिया आयात खुकुलो बनाउने निर्णय: नीतिमा उत्साह, व्यवहारमा अझै अन्योल

भारतद्वारा चिया आयात खुकुलो बनाउने निर्णय: नीतिमा उत्साह, व्यवहारमा अझै अन्योल
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • भारतले नेपाली चिया आयातमा नमूना परीक्षणको कठिनाइ हटाउँदै, निर्यातको २०% मात्र परीक्षण गर्ने बताएको छ।
  • नयाँ प्रणालीले नाकामा ढिलाइ घटाउने अपेक्षा गरिए पनि वास्तविक कार्यान्वयन थाहा पाउनु पर्नेछ।
  • चिया निर्यात भारतमा अझै समस्या भएकाले, व्यवसायीहरूले कुनै परिवर्तन नदेखिएको बताएका छन्।

काठमाडौँ- भारत सरकारले नेपाली चिया आयातमा गरिरहेको कडाई हटाउँदै परीक्षणसम्बन्धी व्यवस्थामा संशोधन गरेको बताइएको छ। यसअघि नेपालबाट निर्यात हुने चियाका हरेक गाडीको नमूना परीक्षण गर्नुपर्ने व्यवस्थाका कारण नेपाली चिया उद्योग चरम संकटमा परेका थिए।

भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले आफ्नो मातहतका निकायलाई परिपत्र जारी गर्दै अब ‘जोखिममा आधारित प्रणाली’ अनुसार कुल निर्यातको २० प्रतिशत खेपको मात्रै नमूना परीक्षण गर्न निर्देशन दिएको बताइएको छ। यसको अर्थ अब पाँचमध्ये चार गाडी चिया परीक्षणबिनै भारततर्फ अघि बढ्न सक्नेछन्।

तर त्यस्को कार्यान्वयनको पाटो भने सोमबार थाहा हुने नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए।

भारतीय पक्षको यो नयाँ निर्णयलाई नेपाली चिया उद्योगीहरूले सकारात्मक रूपमा लिएका छन्। संघका अध्यक्ष पराजुलीले नयाँ व्यवस्थाले नाकामा हुने ढिलाइ घट्ने र निर्यातको अवरोध कम हुने विश्वास व्यक्त गरे।

नयाँ नियम अनुसार नमुना संकलनको काम सीमा नाकामै हुने अपेक्षा गरिएको छ। यद्यपि, भारतीय टि बोर्डले यो व्यवस्थालाई व्यवहारमा कसरी कार्यान्वयन गर्छ भन्ने कुरा हेर्न बाँकी नै रहेको उद्योगीहरूको भनाइ छ।

कागजी रूपमा नियम सहज बनाइएको भनिए पनि आइतबारसम्म मैदानमा भने चिया निर्यातको अवस्था अझै उस्तै रहेको व्यवसायीहरूले बताएका छन्।

इलाम सूर्योदयका चिया व्यवसायी बुद्ध तामाङका अनुसार सञ्चार माध्यममा सहजताका समाचार आए पनि उत्पादन भारत पठाउन भोग्नुपर्ने सास्तीमा कुनै परिवर्तन आएको छैन।

केही दिनअघि आन्दोलनस्वरूप बन्द गरिएका चिया उद्योगहरू सरकारको आग्रहमा खुले पनि उत्पादित चिया गोदाममै स्टक राख्नुपर्ने बाध्यता छ।

उनले भने, “चिया निर्यातको अवस्थामा कुनै परिवर्तन आएको छैन। हाम्रो उत्पादन भारत पठाउन सकस उस्तै छ।”

विगत डेढ महिनामा भारतले नेपाली चिया आयात प्रक्रिया सहज बनाउने निर्णय गरेको यो दोस्रो पटक हो। यसअघि मे १९ मा पनि भारतले ‘र्‍यान्डम परीक्षण’ गर्ने बताएपछि १९ दिनदेखि रोकिएको निर्यात खुलेको थियो।

तर, भारतीय टि बोर्डले सीमा नाका र कोलकातास्थित गोदाममै प्रत्येक गाडीबाट नमुना संकलन गर्न थालेपछि पुनः समस्या बल्झियो। प्रयोगशालाको प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि कोलकाताका गोदाममा नेपालको करिब ३ लाख केजी चिया रोकिएको थियो, जसको विरोधमा इलाम र झापाका चिया उद्योगहरू केही दिन बन्दसमेत भएका थिए।

नेपालको चिया क्षेत्र ठूलो जनशक्ति र अर्थतन्त्रसँग जोडिएको छ। हाल नेपालमा साना–ठूला गरी करिब १२० वटा चिया उद्योग र १०० भन्दा बढी साना तथा मझौला उद्यमहरू सञ्चालनमा छन्।

यस क्षेत्रमा किसान र श्रमिक गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिस आश्रित छन्। अघिल्लो आर्थिक वर्षमा मात्रै नेपालले ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको अर्थोडक्स र सिटिसी चिया निर्यात गरेको थियो।

नेपालमा उत्पादित अर्थोडक्स चियाको करिब ९० प्रतिशत र सिटिसी चियाको झन्डै आधा हिस्सा भारतीय बजारमै निर्यात हुने गरेको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…