सत्तारुढ रास्वपाले संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको छः राष्ट्रिय सभा सांसद खालिद

सत्तारुढ रास्वपाले संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको छः राष्ट्रिय सभा सांसद खालिद
+
-
देशसञ्चार AI सारांश
  • सांसद मोहम्मद खालिदले रास्वपा पार्टीमाथि संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको आरोप राष्ट्रिय सभामा लगाए।
  • खालिदले भने, संघीयता नेपाली जनताको बलिदानबाट आएको हो र यसलाई कमजोर बनाउने प्रयास नगर्नू।
  • संघीयताको पक्षमा जनताले दिएको अभूतपूर्व विश्वासलाई कायम राख्न सरकार दृढतापूर्वक काम गरोस् भन्ने खालिदको धारणा छ।

काठमाडौँ- राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता नै खारेज गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।

सांसद खालिदले संघीयता जनताले बलिदान गरेर ल्याएकाले त्यसलाई कसैले पनि कमजोर बनाउने दुश्साहस गर्न नहुने बताए । उनले संघीयताको पक्षमा उभिएर मत मागेकाले प्रधानमन्त्री बालेन्द्र साहलाई जनताले अभूतपूर्व मत दिएकाले त्यसको पक्षमा काम गर्नुपर्ने पनि बताए ।

सांसद खालिदले भने,‘संघीयता कसैको दयामायामा आएको होइन । यो नेपाली जनताले एकात्मक शासन विरुद्ध लडेर, बलिदानी दिएर, जेल गएर, मुद्दा खेपेर संघीयता ल्याएको हो । संघीयता सफल भएन, खर्चिलो छ । सयौ सांसद पाल्न गाह्रो छ । हात्ति पाल्नु जस्तो छ । आदि इत्यादि भ्रम फैल्याउँदा संघीयतालाई कमजोर पार्ने वा खारेज गर्ने कुरा उठिरहेको छ । यो जेनजी आन्दोलनपछि फागुन २१ गते निर्वाचनमा अहिलेका सम्माननीय प्रधानमन्त्री त्यतिबेलाका रास्वपाका वरिष्ठ नेता भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहजी जनकपुर पुग्नुभएको थियो । त्यहाँ उहाँले कामका लागि काठमाडौं जानु पदैन भनेर भन्नुभएको थियो । जनतालाई के लाग्यो भने अव त हामीलाई अव सबै यही नै हो भन्ने लागेर, यो मधेशको छोराले गर्छ भनेर अभूतपूर्व मत दिएका थिए । हामीले अहिले पनि आशा गरेको छौँ । किनभने कार्यकारी अधिकार उहाँको हातमा छ । संघीयताको खारेजी वा प्रदेश सभाको खारेजीमा नगई संघीयता कसरी बलियो हुन्छ ? अहिले सम्म यस्ता जातजाति पनि छन । जसको अधिकारको बारेमा हामीले अहिलेसम्म कुरा गरेका छैनौ । उनीहरुसम्म अधिकार पुर्याइन्छ । म सरकारबाट त्यत्तिनै आशा गरेर विदा लिन चाहन्छु ।’

सांसद खालिदले सरकारले संघीयताको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…