वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पाँच पक्राउ

वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पाँच पक्राउ
सांकेतिक तस्बिर ।
+
-

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका–८ की रामदास महर्जन र काठमाडौं महानगरपालिका–१५ निवासी सरिब गिरीलाई वैदेशिक रोजगारी ठगीमा पक्राउ गरिएको हो।

अभियुक्त वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै एकजनाबाट ५० हजार रुपैयाँ, ललितबहादुरले कोसोभो पठाइदिने भनेर दुई लाख ५० हजार रुपैयाँ, सन्तोषीले स्पेन पठाउने बहानामा एक जनाबाट १५ लाख रुपैयाँ, रामदासले युएईको रोजगारीको प्रलोभनमा  सात जनाबाट ४५ लाख रुपैयाँ र सरिबले क्यानडाको लोभ देखाएर एक जनाबाट २० लाख रुपैयाँ ठगेका थिए ।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो। कारबाहीका लागि सबै अभियुक्तलाई वैदेशिक रोजगार विभाग पुर्‍याइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…