महंगी भत्ता रोकिएपछि प्रेस काउन्सिलका कर्मचारी कार्यालय बन्द गरेर धर्नामा (तस्बिरसहित)

महंगी भत्ता रोकिएपछि प्रेस काउन्सिलका कर्मचारी कार्यालय बन्द गरेर धर्नामा (तस्बिरसहित)
+
-
देशसञ्चार AI सारांश
  • अनिवार्य महंगी भत्ता रोकेपछि प्रेस काउन्सिलका कर्मचारीले कार्यालय बन्द गरेर धर्ना दिएका छन्।
  • कर्मचारीले गएराति मन्त्रालयमा मौखिक, लिखित जानकारी गराउँदा पनि भत्ता प्राप्त नभएपछि धर्नामा बसेका हुन्।
  • बढेको तलबसमेत समयमा नदिएपछि कर्मचारीहरुले भत्ता रोकिएको भन्दै विरोधमा धर्ना आयोजना गरेका छन्।

काठमाडौँ– सरकारले अनिवार्यरुपमा दिनुपर्ने महंगी भत्ता छ महिना (माघ) देखि रोकेपछि प्रेस काउन्सिलका कर्मचारीले कार्यालय बन्द गरेर धर्ना दिएका छन्।

चालु आर्थिक वर्ष सकिन लाग्दासमेत महंगी भत्ता प्राप्त हुन नसकेको, मन्त्रालयमासमेत मौखिक, लिखित जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै धर्नामा बस्नु परेको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिए। ‘हामीले मन्त्रालयमा जानकारी गराउँदा पनि सुनुवाइ हुन सकेको छैन। मन्त्रालयबाट हुन्छ भन्ने मात्र जवाफ आउँछ। किन रोकिएको भन्ने आउँदैन’, उनले भने।

सरकारलाई दबाबस्वरुप बिरोध गर्न थालेको तीन दिन भए पनि दुई दिनदेखि भने कार्यालय बन्द गरेर धर्ना दिइएको खनालले बताए। ‘हाम्रा माग सुनुवाइ नभएपछि धर्ना दिने अवस्थामा पुगेका छौँ’, उनले भने।

सरकारले सरकारी कर्मचारीलाई मासिक पाँच हजार महंगी भत्ता दिन दिइरहेको छ। अन्य कर्मचारीले नियमित रुपमा महंगी भत्ता पाउँदा काउन्सिलमा भने छ महिनादेखि रोकिएको छ।

काउन्सिलका कर्मचारीले यतिमात्र होइन। बढेको तलबसमेत समयमै पाउन सकेनन्। अघिल्लोपटक तलब बढ्दा साउनदेखि बजेटको तलब पाउनुपर्ने भए पनि काउन्सिलका कर्मचारीलाई भदौदेखि मात्र खुवाएको प्रवक्ता खनालले बताए।

अहिले २१ प्रतिशत बढेको तलब पनि समयमै नखुवाउने हो कि भन्ने शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ। ‘भत्ता रोकिएको मात्र होइन। यहाँ तलबसमेतमा विभेद भएको छ। अघिल्लोपटक बढेको तलब साउनदेखि खुवाउनुपर्ने भए पनि भदौदेखि मात्र खुवाइएको थियो। अहिले बढेको तलब पनि समयमै नखुवाउने हो कि भन्ने छ’, उनले भने ‘त्यसका लागि पनि दबाबस्वरुप यो धर्ना गरिएको छ।’

तस्बिरहरू:

तस्बिर : नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…