राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
+
-

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैङ्कले अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो ।

राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताए।

“बैङ्कको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,” उनले भने, “अनलाइन कर्जा आवेदनका लागि बैङ्कको आधिकारिक वेबसाइटमार्फत अनलाइन लोन एप्लिकेसनको लिङ्कमा क्लिक गरी ९आरबिबि स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल RBB Xmart Lending Digital Loan Portal मा जानुपर्नेछ ।”

बैङ्कका अनुसार उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिष्टेसनमार्फत दर्ता गर्नुपर्नेछ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…