वड्कापथबाट सिँचाइ हुन थालेपछि दाङका किसान हर्षित

वड्कापथबाट सिँचाइ हुन थालेपछि दाङका किसान हर्षित
+
-
देशसञ्चार AI सारांश
  • वड्कापथ सिँचाइ आयोजनाबाट पानी सञ्चालन भएपछि दाङका किसानहरूलाई धान खेतीका लागि ठूलो राहत पुगेको छ।
  • करिब चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना सञ्चालन भइरहेको छ।
  • किसानहरूको सहकार्यले खेतसम्म पानी पुर्याउँदा उत्पादन वृद्धि र उत्साह बढ्न थालेको छ।

दाङ- वड्कापथ सिँचाइ आयोजना अन्तर्गत मूल नहरबाट पानी सञ्चालनमा आएपछि दाङका किसानलाई धान खेतीका लागि ठूलो राहत पुगेको छ । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले अहिले नहरको पानी खेतसम्म पुगेपछि समयमै रोपाइँसँगै सिँचाइ गर्न पाएका छन् ।

झण्डै १२ वर्षदेखि निर्माणाधीन रहेको वड्कापथ सिँचाइ आयोजना करिब चार हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सञ्चालन भइरहेको छ । आयोजनाअन्तर्गत झण्डै १५ किलोमिटर लामो पक्की मूल नहर निर्माण सम्पन्न भएपछि अहिले परीक्षणका रूपमा पानी सञ्चालन गरिएको हो ।

गढवा गाउँपालिका–२ कोठरीका किसानहरूले स्थानीयस्तरमै पक्की डुर निर्माण गरी मूल नहरको पानी खेतसम्म पुर्याएका छन् । गाउँका अगुवा सोमप्रसाद चौधरीको नेतृत्वमा किसानहरू सामूहिक रूपमा जुटेर धान खेतमा पानी पुर्याउन सफल भएका हुन् । किसानहरूको सक्रियता र आपसी सहकार्यका कारण केही दिनअघिसम्म सुक्खा देखिएका खेतहरू अहिले हराभरा बन्न थालेका छन् ।

स्थानीय किसानका अनुसार समयमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने चिन्ता थियो । तर नहरमा पानी सञ्चालन भएपछि रोपिएका खेतमा सिँचाइ गर्न सहज भएको छ भने अझै बाँकी रहेका खेतमा पनि रोपाइँको काम तीव्र गतिमा अघि बढेको छ । सिँचाइको सुविधा उपलब्ध भएपछि उत्पादन वृद्धि हुने र खेतीपातीप्रति किसानको उत्साह समेत बढेको उनीहरूको भनाइ छ ।

किसान सोमप्रसाद चौधरीले विगतका वर्षहरूमा वर्षा नहुँदा धानबाली सुक्ने, उत्पादन घट्ने तथा ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था रहेको बताउँदै यस वर्ष नहरको पानी सञ्चालन भएपछि किसानमा नयाँ आशा पलाएको बताए । उनले नहरबाट नियमित रूपमा पानी उपलब्ध भएमा यस क्षेत्रको कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे ।

आयोजनाका प्राविधिकहरूका अनुसार मुख्य संरचनाको काम क्रमशः सम्पन्न हुँदै गएको छ । नहर सञ्चालनसँगै विभिन्न शाखा नहर र वितरण प्रणालीलाई पनि व्यवस्थित बनाउने काम भइरहेको छ । सबै संरचना पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजना क्षेत्रका हजारौँ किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले आयोजनाको बाँकी निर्माण कार्य पनि छिटो सम्पन्न गरी सम्पूर्ण सिँचित क्षेत्रमा नियमित रूपमा पानी पुर्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

किसानहरूले वड्कापथ सिँचाइ आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि यस क्षेत्रको कृषि उत्पादन, खाद्य सुरक्षा र किसानको आम्दानीमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…