- राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले प्रशासनलाई बाहिरी नियुक्तिबाट चलाउन थालिएकोमा आक्रोश व्यक्त गरिन।
- सरकारले ५५ वर्ष उमेर र ३० को सेवा अवधि लागू गरेपछि उच्च तहका कर्मचारीहरू राजीनामा दिंदैछन्।
- सरकारको सुशासन नाराका विपरीत दर्जन सल्लाहकार नियुक्त गरिएकोमा झाँक्रीले बैठकमा प्रश्न उठाइन्।
काठमाडौँ– नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले प्रशासन ब्यूरेक्रेसी (कर्मचारी)बाट नचलाएर बाहिरी नियुक्तबाट चलाउन थालिएको भन्दै आपत्ति जनाएकी छन्।
सरकारले लिएको नीतिका कारण उच्च तहका कर्मचारीहरूले धमाधम राजीनामा गर्ने थालेको कुरा आएको र मन्त्रीहरूका पछाडि दर्जन सल्लाहकार नियुक्त गर्न थालिएको विषय आएको भन्दै त्यो के हो भनेर उनले प्रश्न गरिन्।
सरकारले निजामती सेवामा ५५ वर्ष उमेर र ३० को सेवा अवधि लागू गर्ने हल्ला चलेपछि कतिपय कर्मचारीहरूले राजीनामा दिइरहेका छन् भने सरकारले मन्त्रालय घटाएर मन्त्रीको सचिवालयमा जम्बो टोली नियुक्त गर्न पाउने गरी व्यवस्था गरेको छ।
उक्त व्यवस्थाप्रतिलक्षित गर्दै झाँक्रीले मंगलबारको राष्ट्रिय सभा बैठकमा प्रश्न उठाएकी हुन्। ‘यो सरकार सुशासनको नार दिएर आएको छ। स्वपानमा आधारित ब्यूरोक्रेसीमा रहेकाहरूले धमाधम राजीनामा दिएको भन्ने छ। मन्त्रीहरूका पछाडि दर्जन सल्लाहकारहरू, विशिष्ठ श्रेणीका फस्ट क्लास, सेकेन्ड क्लाससरह तलब पाउने गरी नियुक्ति गरिएका भन्ने कुरा आइरहेको छ। यो के हो?’, उनले प्रश्न गरिन्।
यस विषयमा उनले सरकारको जवाफसमेत माग गरेकी छन्। सुशासनका नारा दिएकाहरूले स्वपानमा आधारित व्यूरोक्रेसीबाट प्रशासन पनि नचलाउने र अनिर्वाचितहरूले सिंहदबारमा शासन गर्ने तरिका के हो? भन्दै प्रश्न गरेर उनले सरकारको जवाफ माग गरेकी हुन्।
‘सुशासनका नारा दिएकाहरूले स्वपानमा आधारित ब्यूरोक्रेसीबाट प्रशासन पनि नचलाउने र अनिर्वाचितहरूले सिंहदबारमा शासन गर्ने तरिका के हो? यो सरकारसँग कसले कुन-कुन तहका सुविधाहरू कुन निर्णय, कुन संविधान, कुन कानुनले उहाँहरूलाई यो अधिकार दिएको छ , उहाँहरूको प्रतिवद्धताभन्दा बाहिर यो कसरी गर्न सक्नुहुन्छ सरकारले सदनलाई जानकारी गराओस्’, उउनले भनिन्।
भर्खरै
लोकप्रिय
