म्याग्दीमा दुई वटा जिप दुर्घटना हुँदा नौ जना घाइते, एकको अवस्था गम्भीर

म्याग्दीमा दुई वटा जिप दुर्घटना हुँदा नौ जना घाइते, एकको अवस्था गम्भीर
+
-

म्याग्दी– म्याग्दीमा दुई वटा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

धौलागिरी गाउँपालिका-७ फेदीखोलास्थित सडकखण्डमा बा ७७९५ नम्बरको जिप र ग ३ च ३३१४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

मंगलबा दिउँसो ३ बजेतिर बा ७७९५ नम्बरको जिप घुम्तीमा पल्टिएर अर्को जिपमामाथि खसेको थियो। जिप दुर्घटनामा ग ३ च ३३१४ नम्बरका जिप चालक पर्वतको जलजला गाउँपालिका-८ का अनिल नेपाली गम्भीर घाइते भएका छन्।

प्रहरीकाअनुसार दुर्घटनामा म्याग्दीको धौलागिरी गाउँपालिका-३ का २७ वर्षीय धुर्व पुन (चालक), वडा नम्बर ७ की १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली, ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर र २६ वर्षीया कल्पना सुनार घाइते भएका छन्।

यस्तै दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका-५ बस्ने ५२ वर्षीय भिमसेन पुन पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…