प्रतिनिधिसभा बैठक सुरु, यस्तो छ आजको कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, यस्तो छ आजको कार्यसूची
+
-
देशसञ्चार AI सारांश
  • प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीतर्फबाट सविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सदनमा प्रस्तुत गर्ने कार्यसूची छ।
  • कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक र नेपाल विशेष सेवा ऐन विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
  • अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक संशोधन विधेयक र पौडेलले पर्यटन विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्नेछन्।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । जारी बैठकमा विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्तावहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२ सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी, आजै विभिन्न नयाँ विधेयकहरू सदनमा दर्ता र छलफलका लागि प्रस्तुत गरिने कार्यसूची छ ।

कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक सदनमा पेस गर्नेछिन् ।

यसैगरी, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले नै प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…