प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका नागरिकले मानसिक त्रास खेप्न बाध्य छन्ः सांसद गच्छदार

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका नागरिकले मानसिक त्रास खेप्न बाध्य छन्ः सांसद गच्छदार
+
-
देशसञ्चार AI सारांश
  • प्रमुख प्रतिपक्ष दल सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण नेपालीहरू सीमापारको दवावमा रहेको आरोप लगाइन्।
  • संसदमा प्रमिलाकुमारीले प्रधानमन्त्रीलाई स्पष्टीकरण दिन आग्रह गर्दै सीमामा रहेको दबाबबारे सभामुखको ध्यानाकर्षण गराइन्।
  • सरकारको अमानवीय निर्णयले सुकुम्बासीहरूलाई पीडा दिएको भन्दै सरकारले जनताको सरकार नभएको सांसद गच्छदारले बताइन्।

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदार प्रधानमन्त्री वालेन्द्र साह ‘बालेन’को राष्ट्रघाती अभिव्यक्तिका कारण सुस्ता र ठोरीलगायतका नेपाली नागरिकले सीमापारीको चर्को दवाव र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै उनले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्री साहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरूले भारतीय पक्षको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य हुनु परेको बताएका हुन् ।

सांसद गच्छदारले संसदलाई बेवास्ता गर्ने प्रधानमन्त्रीलाई संसदमा आएर उक्त अभिव्यक्तिबारे स्पष्टीकरण दिनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण समेत गराए । उनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत सरकारले पीडा दिएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

सांसद गच्छदारले भने,‘प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपालीहरु सीमा पारीको चर्को दवाव र मानसिक त्रास झेल्न बाध्य छन् । संसदलाई वेबास्ता गर्ने यो आलटाल नीति कहिलेसम्म चल्ने हो ? सभामुखले भनिदिनु पर्‍यो । होइन भने हजुरले रुलिङ गर्नु पर्‍यो । ५ दिनको अल्टीमेटम र २५ हजारको लोभ देखाएर होल्डिङ सेन्टरका सुकुम्बासीहरूलाई ओध्यानबाटै लखेट्नु, खाना खोसिन यो सरकारको अमानवीयताको परकाष्टा हो ।
यस निर्णयहरु विस्थापित नागरिकहरु आत्माहत्या गर्न बाध्य छन् । जनतालाई यस्तो दुःख दिने सरकारलाई कसरी जनताको भन्ने ?’

सांसद गच्छदारले वर्तमान सरकारले गरिवलाई पीडा दिएकाले पनि जनताको सरकार भन्न नमिल्ने जिकिर पनि गरे ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…