सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु
+
-
देशसञ्चार AI सारांश
  • सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त र ज्येष्ठ नागरिकका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था गरिएको छ।
  • उक्त सेवा पांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको पालना गर्दै सहज आवागमनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।
  • प्रवक्ता हेमराज अर्यालले उक्त सुविधालाई दीर्घकालीन रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ- सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले शुभारम्भ गरेको उक्त सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन् ।

पांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र स्थापित कानुनले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरशः पालना गर्दै सरकारले कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको हो ।

सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवतजावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताए ।

सिंहदरबारका अधिकांश कार्यालय अपांगमैत्री बनिसकेको र बाँकी चाँडै संरचना बन्ने जानकारी दिँदै उनले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नुपरेको कठिनाइलाई अन्त्य गर्दै लगिने जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुग्ने व्यवस्था मिलाइएको छ ।

त्यसका लागि प्रत्येक ह्वीलचियरसँगै एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिने र त्यस्ता सेवाग्राही र कर्मचारीलाई सहयोग पुर्‍याउने छन् ।

सरकारले त्यस व्यवस्थालाई औपचारिकता वा तत्कालीन सुरुआतमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा निरन्तरता दिने दृढ संकल्प लिएको प्रवक्ता अर्यालले बताए ।

सिंहदरबार छिर्ने प्रत्येक अशक्त कर्मचारी र सेवाग्राहीले जुनसुकै दिन र समयमा पनि विनाझन्झट सुविधा निरन्तर रूपमा प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा आगामी दिनमा देशभरका अन्य सरकारी निकायले पूर्ण कार्यान्वयन गर्नेछन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…