काठमाडौँ – नेपाल स्विट्जरल्याण्ड संसदीय मैत्री समूहको परिचयात्मक बैठक बसेको छ।
संयोजक खुश्बु ओलीको अध्यक्षतामा स्विट्जरल्याण्डका राजदूत, महामहिम डा. डेनियल मेउली, दूतावासका प्रतिनिधिहरू, संसदीय मैत्री समूहका सदस्यहरू, परराष्ट्र मन्त्रालय तथा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रतिनिधिहरूको सहभागितामा बैठक बसेको हो।
बैठकमा नेपाल(स्विट्जरल्याण्डबीचको सात दशक लामो मैत्रीपूर्ण सम्बन्धलाई संसदीय कूटनीतिमार्फत अझ सुदृढ बनाउने विषयमा विचार आदान प्रदान भयो।
सुशासन, जलवायु परिवर्तन, माउन्टेन कुटनीति, प्राविधिक तथा व्यावसायिक शिक्षा, पर्यटन, लगानी, हरित अर्थतन्त्र तथा संसदीय अनुभव आदान(प्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल गरिएको थियो।
बैठकले नेपाल स्विट्जरल्याण्ड संसदीय मैत्री समूहलाई नियमित संवाद, संसदीय भ्रमण, अनुभव आदान प्रदान तथा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा र्पुयाउने सक्रिय मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
भर्खरै
लोकप्रिय
