नेपाल इन्जिनियरिङ कलेजको प्रवेश परीक्षा भोलि, कसरी दिने आवेदन?

नेपाल इन्जिनियरिङ कलेजको प्रवेश परीक्षा भोलि, कसरी दिने आवेदन?
+
-
देशसञ्चार AI सारांश
  • नेपाल इन्जिनियरिङ कलेजले नयाँ सत्रको प्रवेश परीक्षा बिहीबार सञ्चालन गर्दै, जसको लागि सम्पूर्ण तयारी पूरा भएको छ।
  • प्रवेश परीक्षामा सहभागी हुन देशभरका करिब ८ सय विद्यार्थीले आवेदन दिइ नसकेको अनुमान गरिएको छ।
  • कलेजले इन्जिनियरिङ विषयमा सुलभ शुल्कको व्यवस्था गरेको र विभिन्न छात्रवृत्ति समेत प्रदान गरिरहेको छ।

काठमाडौँ – नेपाल इन्जिनियरिङ कलेजले नयाँ शैक्षिक सत्र २०८३ का लागि भोलि प्रवेश परीक्षा लिने भएकाे छ। यस कलेजले नयाँ शैक्षिक सत्रको पहिलो प्रवेश परीक्षा भोलि बिहीबार सञ्चालन गर्न लागेको हो।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा नेपाल इन्जिनियरिङ काउन्सिलबाट समेत स्थायी मान्यता प्राप्त यस कलेजमा स्नातक तहमा आर्किटेक्चर तथा इन्जिनियरिङका ६ वटा विषयमा अध्यापन हुने गरेको छ। कलेजले भोलि हुने प्रवेश परीक्षाको सम्पूर्ण तयारी पुरा भएको र विद्यार्थीहरुको सहभागीता पनि अपेक्षा गरेभन्दा राम्रो हुने बताएको छ।

विहान १०ः३० बाट कलेजमै सञ्चालन हुने प्रवेश परीक्षामा देशभरबाट विद्यार्थी आउने अपेक्षा गरिएको छ। कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार प्रवेश परीक्षामा सहभागी हुन सयौं विद्यार्थीले आवेदन दिएका छन्।

‘आज प्रवेश परीक्षाको आवेदन दिने अन्तिम दिन हो। अहिलेसम्म करिब ७ सय बढी विद्यार्थीले आवेदन दिएका छन्। आजै पनि अनलाइनमा धेरै विद्यार्थीहरुले फर्म भरिरहेका छन्। झण्डै ८ सय विद्यार्थी आउने अनुमान गरेका छौं।’

कलेजका स्नातक तहका कार्यक्रम अनुसार आर्किटेक्टमा ४८ सिट, सिभिल इन्जिनियरिङमा १४४ सिट, सिभिल एण्ड रुरलमा ४० सिट, कम्प्युटर इन्जिनियरिङमा ९६ सिट, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८ सिट, इन्फरमेशन कम्युनिकेशनमा ९६ सिट तथा सिभिल फर डिप्लोमा होल्डर्समा ४८ सिट रहेका छन्।

प्रवेश परीक्षा दिनका लागि विद्यार्थीले अनलाइनबाटै आवेदन दिन सक्छन्। यसका लागि https://nec.edu.np/register मा गएर फर्म भर्नुपर्छ।

कलेजले इन्जिनियरिङ शिक्षामा विद्यार्थीको पहुँच बढाउने उद्देश्यले शुल्क समेत अन्य निजी कलेजहरुको अनुपातमा सर्वसुलभ राखेको छ। त्यसो त, यो कलेज मुनाफारहित सामाजिक संस्था भएकोले पनि शुल्कहरु कम राखिएको छ। साथै, कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्तिहरु समेत प्रदान गरिरहेको छ।

कलेजले प्रवेश परीक्षामा उत्कृष्ट हुने, सेमेष्टरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्छ भने, प्रादेशिक छात्रवृत्ति अन्तरगत सात वटा प्रदेशका एक एक जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति, चाँगुनारायण नगरपालिकाका ४ वटा वडा तथा कागेश्वरी मनहरा नगरपालिकाका २ वटा वडालाई समेत छात्रवृत्ति सिट निर्धारण गरेको छ। यसका अलावा जेहेन्दार, गरिब विपन्न विद्यार्थीको शैक्षिक, आर्थिक अवस्था हेरेर विभिन्न छात्रवृत्ति दिने गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…