ध्रुबे हात्तीको दाह्रा काटेर छोटो बनाउने तयारी

ध्रुबे हात्तीको दाह्रा काटेर छोटो बनाउने तयारी
+
-
देशसञ्चार AI सारांश
  • चितवनमा २५ जनाको ज्यान लिएकौ ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेर छोटो बनाइने योजना छ।
  • हात्तीलाई बेहोस बनाएर दाह्रा काट्न र नयाँ रेडियो कलर लगाउन तयारी भइरहेको छ।
  • उक्त हात्तीले भरतपुरमा एकै रात दुई जनाको ज्यान लिएको र घटनापछि घर जलेको थियो।

काठमाडौँ- चितवनमा अहिलेसम्म २५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ। दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको छ।

ध्रुबे हात्तीले शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। यससहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको पुनले जानकारी दिए।  उक्त हात्तीको निरन्तर अनुगमन गरिरहेको पनि उनले जानकारी दिए।

गत शनिबार राति उक्त हात्तीले भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनको चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। आमाछोरालाई आक्रमण गरी भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको थियो।

घरमै बसिरहेका बेला शनिबार राति अचानक जङ्गलबाट आएको ध्रुवेलाई धपाउन आशिकाका श्रीमान्‌ले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट भएको छ।

पुनले भने, ‘हामी तयारी अवस्थामा छौँ, भेटिनासाथ ‘डार्ट’ गर्छौ, त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी छ।’

उक्त हात्तीमा जडान गरिएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो।

हात्तीलाई लगाउने रेडियो कलर आइसकेको छ। उक्त उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ।

२०७४ सालमा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि ती दुई आमाछोराको ज्यान लिएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८/६९ सालताका दैनिकजसो मान्छेको ज्यान लिन थालेपछि मार्न आदेश दिइएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…