संवैधानिक नियुक्ति खुला प्रतिष्पर्धाबाट नगरी पुरानै अभ्यासलाई निरन्तरता दिइयोः पद्मा अर्याल

संवैधानिक नियुक्ति खुला प्रतिष्पर्धाबाट नगरी पुरानै अभ्यासलाई निरन्तरता दिइयोः पद्मा अर्याल
+
-
देशसञ्चार AI सारांश
  • नेकपा एमालेकी उपनेता पद्या अर्यालले संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिष्पर्धाको व्यवस्था गर्नुपर्ने बताएकी छन्।

  • निर्वाचन आयोग जस्तो तटस्थ निकायको नियुक्ति प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धात्मकता बढाउनुपर्नेमा उनले जोड दिइन्।

  • संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिहरूको सुनुवाई अछि गर्नु औपचारिकता मात्र रहन नदिने उनको धारणा छ।

काठमाडौँ- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिष्पर्धाको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाई सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

निर्वाचन आयोग तटस्थ भएर काम गर्ने राजनीतिक प्रकृतिको संस्था भएकाले नियुक्ति प्रक्रियालाई अझ पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकारले पनि पुरानै अभ्यासलाई निरन्तरता दिएको उल्लेख गरिन् । उनले सुनुवाई प्रक्रियालाई हतार नगरि सबै पक्षसँग पर्याप्त छलफल गरेर सहमतिमा नै गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्,‘अहिले जुन खालको वातावरण छ, यसले खुल्ला प्रतिष्पर्धा राम्रो हो के । यो निर्वाचन आयोग हेर्दा तटस्थ, काम गर्ने राजनीतिक हो, यो सबै राजनीतिक काम गर्ने संस्था हो । त्यसैले यस्ता संस्थामा एकदम खुल्ला प्रतिष्पर्धाको व्यवस्था गर्न पाएको भए धेरै राम्रो हुन्थ्यो, हामीले पुरानै अभ्यासलाई समातेर अगाडि बढिरहेका छौं । यसो भइरहँदा पनि राम्रो कसरी गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिने हो । यसमा केही हतारो छैन, त्यसैले हतार नगरि यस्ता विषयहरूलाई अलि मिलाएरै नै छलफल गरौँ । हाम्रा छलफलले राम्रो गराउन सक्ने जति ठाउँमा गराउने हो । अब यहाँ आएकालाई पठाउन धेरै दुख त गर्नुपर्दैन, यो औपचारिकता मात्रै हो । अब औपचारिकता मात्रै नबनाउने हो, साँच्चै राम्रो बनाउने हो भने अलि फराकिलो ढंगले छलफल गरौँ । त्यो खालको वातावरण बनाएर योग्य भन्दा योग्य व्यक्ति आओस् भन्ने नै हो, अरु इन्ट्रेस्ट के हो र ? तपाई हामी जाने होइन, केही होइन । त्यो विषयमा अलि खुल्ला छलफल गर्ने वातावरण बनाऔं, आएकालाई पठाउन त धेरै मेहेनत गरिरहनु पर्छ जस्तो मलाई लाग्दैन ।’

उनले संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिलाई समितिले औपचारिक रूपमा अनुमोदन गर्ने मात्रै काम गर्न नहुने बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…