आफूले लाचार महशुस गर्नुपरेको बताउँदै रास्वपा सांसदले भनिन्- किसानको आँशुको व्यापार नगर्नूस्

आफूले लाचार महशुस गर्नुपरेको बताउँदै रास्वपा सांसदले भनिन्- किसानको आँशुको व्यापार नगर्नूस्
+
-
देशसञ्चार AI सारांश
  • सांसद करिश्मा कठरियाले किसानलाई मल र बीउ उपलब्ध गराउन नसक्दा सरकारप्रति लाचार महसुस भएको बताइन्।
  • उनले बिरामी हुँदा पनि मलको माग गर्दै किसानको व्यथा सरकारलाई पहिचान गर्न आग्रह गरिन्।
  • सरकारलाई किसानको आँशुको व्यापार नगर्न र मलको लागि तत्काल समाधान खोज्न चेतावनी दिइन्।

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरुले लाचार महशुस गर्नुपरेको बताएकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले हन्हनी ज्वरो आउँदासमेत सिटामोलभन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन? भन्दै प्रश्न गरिन् ।

उनले किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल भनिरहने गरेको बताइन् । किसानको आँशुको व्यापार नगर्न पनि सरकारलाई सचेत गराइन् ।

उनले भनिन्, ‘हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरुको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय ? हाम्रा अन्नदाताहरु भनिरहेका छन् बरु ज्वरो सहौंला, रोग सहौंला तर भोक र खेतको खडेरी सहँदैनौं । जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेउ सरकार । सरकार भन्छ गोदाममा मल छ तर किसान सोच्छन् त्यो मल खेतमा किन छैन ? यो त किसानको आँशुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय ? मल समेत दिन नसक्ने तिमीहरुलाई जिताएर के भयो भन्दै किसानहरुले दैनिक सयौं फोन गर्दा पीडा भइरहेको छ सभामुख महोदय । किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महशुस भएको छ सभामुख महोदय । सरकारले तत्काल अन्नदाता किसानहरुसँग क्षमा याचना गरोस्, सत्य तथ्य बताइ विकल्प र राहत प्रश्तुत गरोस् । कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्वपूर्ण नबनोस् ।’

सांसद कठरियाले किसानले बिरामी पर्दा समेत सिटामोलभन्दा पहिले मलको माग गरिरहेको बताइन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…