मुस्ताङमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
फाइल तस्वीर
+
-
देशसञ्चार AI सारांश
  • मुस्ताङमा हिमाली क्षेत्रमा लेक लागेर एक वर्षमा १६ जना पर्यटक, तीमध्ये १० भारतीयको मृत्यु भएको छ।
  • पर्यटक तथा तीर्थयात्रीलाई हाईअल्टिच्युड जोखिमको प्रभावबाट बच्न सचेतनामूलक अभियान चलाउन तथा अस्पतालले उपचार केन्द्र स्थापना गरेको छ।
  • लेक लाग्नबाट जोगिन सावधानी नअपनाउँदा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगी उच्च जोखिममा पर्ने गरेका छन्।

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा आर्थिक वर्ष २०८२/८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।

प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो ।

गत भदौ र असोजमा एक–एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दुई, वैशाखमा चार र जेठ महिनामा तीन जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिइन्। हाईअल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा ५० वर्षदेखि ८४ वर्ष उमेर समूह पर्यटक तथा तीर्थयात्री रहेको उनको भनाइ छ।

गत आव २०८१/८२ मा लेक लागेर नौ जनाको मृत्यु भएको थियो । त्यस आर्थिक वर्षमा पाँच भारतीय, तीन नेपाली र एक जना अमेरिक नागरिकले लेक लागेर ज्यान गुमाएका हुन् । मुस्ताङ पुगेका पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा मानवीय क्षति हुन पुगको हो ।

देश तथा विदेशका समथर ठाउँबाट हिमाली जिल्लामा यात्रा गर्ने पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युडका कारण अक्सिजनको लेवल कम भई लेक लाग्ने समस्या देखिन गरेको डा कँडेलले बताइन्।

मुस्ताङ आउने पर्यटकमध्ये शारीरिक रुपले अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगका नियमित औषधि सेवन गर्ने पर्यटकलाई हाईअल्टिच्युडको जोखिम उच्च रहने गरेको छ ।

हाईअल्टिच्युडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय निकाय, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा पम्प्लेट वितरण लगायतका कार्य गर्दैआइरहेका छन् ।

म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि लेते, खन्ती, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथलगायतका स्थानमा हाईअल्टिच्युडसम्बन्धी सचेतनामूलक बोर्ड राखिएको छ । मुस्ताङ प्रवेश गर्ने पर्यटकलाई होल्डिङ गर्दै यात्रा गराउन पर्नेमा मुक्तिनाथ पु¥याइदा लेक लाग्ने जोखिम बढेको हो ।

अस्पतालले तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाईअल्टिच्युडका सम्बन्धमा समयमै ज्ञान दिलाउन पर्ने आवश्यकता औँल्याइएको छ ।

पर्यटकको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेष भुसालका अनुसार मुक्तिनाथ मन्दिरमा अक्सिजनसहित दुई जना हेल्थ असिस्टेन परिचालित भईरहेको जानकारी दिए। रासस

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…