- प्रतिनिधिसभाको बैठकमा विपक्षी नेकपाले गरिब, विपन्न र सुकुम्बासीप्रति सरकारको व्यवाहारप्रति कडा आलोचना गरेको छ।
- ट्राफिक प्रहरीले गर्यो गलत व्यवहार, त्यसको प्रभावले गणेश नेपालीले आत्मदाह गर्यो र सरकारको कार्यशैलीमा प्रश्न उठ्यो।
- प्रेम आचार्यको आत्मदाह घटनामा राज्यको असफलता ठहर गर्दै महानगर प्रमुख शाहले प्रधानमन्त्रीको २६ जनवरी स्टेटस स्मरण गरे।
काठमाडौँ- विपक्षी नेकपाले सरकारले गरिब, विपन्न, सुकुम्बासीप्रति सरकारले गरेको व्यवाहारको आलोचना गरेको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेकपाका नेता वर्षमान पुनले सरकारले सुकुम्बासी, गरिब, विपन्नमाथि गरेको व्यवाहार आपत्ति जनक रहेको बताएका हुन्।
ट्राफिक प्रहरीको गलत व्यवाहारका कारण मुगुका गणेश नेपालीले आत्मदाहा गरेपछि सरकारको कार्यशैलीमाथि प्रश्न उठेको छ।
पुनले भने, ‘यो के राज्यको असफलता हो? या गरिब, दुःखी, विपन्न, सुकुम्बासीहरू यो राजधानी, संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु।’
उनले प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाहा गर्दा महानगर प्रमुखका रुपमा वालेन्द्र शाहले गरेको टिप्पणी स्मरण गरे।
त्यसबेला शाहले भनेका थिए, ‘प्रधानमन्त्रीजीको २६ जनवरी २०२३ को एउटा स्टेटस छोटकरीमा म उद्दृत गर्न चाहन्छु। ुएकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्, एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्, एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण, धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
भर्खरै
लोकप्रिय
