संसदमा एमालेले भन्योः वालेन्द्र सरकार मुर्दावाद

संसदमा एमालेले भन्योः वालेन्द्र सरकार मुर्दावाद
फाइल तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • एमालेले गणेश नेपालीको मृत्युको जिम्मा सरकारले लिनुपर्ने बताउँदै सरकारको गलत कार्यशैलीको आलोचना गरेको छ।
  • संसदमा प्रमुख सचेतक ऐन महरले नागरिकलाई आत्मदाहमा पुर्याउने परिस्थिति निर्माण गरेकोमा सरकारले जिम्मेवारी लिनुपर्ने बताए।
  • गणेश नेपालीको आत्मदाहका कारण सरकारलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिदै महरले सरकारको चर्को आलोचना गरे।

काठमाडौँ – एमालेले गणेश नेपालीको मृत्युको जिम्मा सरकारले लिनुपर्ने बताएको छ।

शुक्रबार संसदमा प्रमुख सचेतक ऐन महरले सरकारले गलत कार्यशैलीका कारण नेपालीले आत्मदाहको प्रयास गर्नुपरेको टिप्पणी गरे।

सरकारले नागरिकलाई आत्मदाह गर्ने परिस्थिति जबर्जस्त निर्माण गरिरहेको आरोप महरले लगाए। उनले भने, ‘पछिल्लो समय यो सरकारले, चाहे सुकुम्बासी भन्नुस्, चाहे गणेश नेपालीहरू भन्नुस्, आज नागरिकहरूलाई चाहिँ जबर्जस्त रूपमा चाहिँ आत्मदाह गर्ने ठाउँमा जसरी र्पुयाएको छ, यो राज्य यसमा जिम्मेवार छ र म यो राज्यलाई एउटा सन्दर्भ चाहिँ चाहिँ कोट्याउन चाहन्छु, म स्मरण गराउन चाहन्छु, स्मरण रहोस् योगमाया न्यौपानेहरूले अरुण नदीमा लिएको जलसमाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो।’

उनले वालेन्द्र सरकारले गणेश नेपालीको मृत्युबाट ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए।

महरले नेपालीको मृत्यु सरकारले गरेको हत्या भएकाले त्यसको जिम्मा लिनुपर्ने बताए।

उनले भने, ‘गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठुलो मूल्य चुकाउनुपर्छ। यसको जिम्मेवारी, यो हत्याको जिम्मेवारी यो बालेन सरकार हो। बालेन सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दावाद भन्न चाहन्छु।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…